logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

सुन्दरबजारमा मानसिक स्वास्थ्य, नसर्ने रोग तथा व्यक्तिगत सरसफाइसम्बन्धी अभिमुखीकरण सम्पन्न

सुन्दरबजारमा मानसिक स्वास्थ्य, नसर्ने रोग तथा व्यक्तिगत सरसफाइसम्बन्धी अभिमुखीकरण सम्पन्न


  • आइतबार, चैत्र १ २०८२
  • 0.8K
    SHARES

    लमजुङ । सुन्दरबजार नगरपालिका–४ पुरानडिहीमा मानसिक स्वास्थ्य, नसर्ने रोग तथा व्यक्तिगत सरसफाइसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    स्टेप अप एन्ड स्केल अप परियोजनाअन्तर्गत एचडिसिएस–नमुना सामुदायिक अस्पताल सुन्दरबजारको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा पाउँदी अन्तर आमा समूहका ६० जना महिलाको सहभागिता रहेको थियो।

    पाउँदी अन्तर आमा समूहकी अध्यक्ष सावित्रा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुदायमा मानसिक स्वास्थ्य, नसर्ने रोगको रोकथाम तथा व्यक्तिगत सरसफाइको महत्वबारे जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा अस्पतालका मेडिकल अधिकृत डा. विवेक पौडेलले मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायत नसर्ने रोगका कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिँदै सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, धूमपान तथा मद्यपानबाट टाढा रहनुका साथै समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो।

    त्यसैगरी अस्पतालकी मनोपरामर्शदाता शोभा ठकुरीले मानसिक स्वास्थ्यसम्बन्धी समस्या, तनाव व्यवस्थापन तथा व्यक्तिगत सरसफाइका विषयमा सहजीकरण गर्नुभयो। उहाँले मानसिक स्वास्थ्यप्रति सचेत रहँदै तनाव व्यवस्थापनका उपाय अपनाउन र व्यक्तिगत सरसफाइलाई दैनिक जीवनको अभिन्न अभ्यास बनाउनुपर्ने बताउनुभयो।

    कार्यक्रमको क्रममा सहभागी महिलाहरूलाई व्यक्तिगत सरसफाइ किट तथा विभिन्न सरसफाइ सामग्री वितरण गरिएको थियो। यसले समुदायमा स्वच्छता प्रवर्द्धन र स्वास्थ्यसम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार कार्यक्रमले समुदायमा मानसिक स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै नसर्ने रोगको रोकथाम र व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page