काठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी यसबिचमा भएका विकास निर्माण र सामाजिक काम उत्साहजनक रहेको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो पहिलोदेखि दोस्रो कार्यकालसम्ममा विकास निर्माण, स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा थालिएका पहलले सकारात्मक परिणाम हासिल गरेको बताउनुभयो । पहिलोपटक २०७४ सालमा आफू निर्वाचित हुनुअघि टोखाका हरेक सडक हिलाम्मे हुने गरेको उल्लेख गर्दै उहाँले हाल वडा नम्बर १ देखि ११ सम्म सडक स्तरोन्नति गरिएको बताउनुभयो ।
नगर प्रमुख अधिकारीले नगरपालिकाले सामुदायिक विद्यालयको अवस्था सुधार गरी विद्यार्थी र अभिभावकको आकर्षण बढाइएको बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीका लागि नै दिवा खाजा खुवाउने गरिएको उहाँले बताउनुभयो । प्रमुख अधिकारीका अनुसार स्वमूल्यायाङ्कनमा काठमाडौँ जिल्लाका पालिकामध्ये टोखा दोस्रो स्थानमा पर्न सफल भएको छ ।
सडक बत्तीको समस्या समाधान गर्दै अब घरघरमा डिजिटल बोर्ड जडान गरिने उहाँले बताउनुभयो । पालिकाले ५० वर्ष उमेरमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराउने र जटिल रोगीलाई सहयागे गर्ने गरेको छ । शिशु जन्मिनासाथ रु पाँच हजार रकम दिने नीति अवलम्बन गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले विगतको तुलनामा धेरै सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै समुन्नत टोखा नगरको अवधारणा अनुसार काम भइरहेको जानकारी दिनुभयो । रासस
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण