काठमाडौं । टोखा नगरपालिकाले श्रमिकहरूको हक, हित तथा अधिकार संरक्षणका लागि श्रम डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको छ।
मंगलबार आयोजित कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले श्रम डेस्कको शुभारम्भ गर्दै नगरभित्र कार्यरत श्रमिकलाई श्रमसम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ बमोजिम डेस्क स्थापना गरिएको जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार श्रम डेस्कमार्फत श्रमिकहरूको पञ्जीकरण, परिचयपत्र वितरण, श्रमसम्बन्धी उजुरी तथा गुनासोको सुनुवाइ, श्रमिक र रोजगारदाताबीच समन्वय तथा असल श्रम सम्बन्ध स्थापना गरिनेछ। साथै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, रोजगारदातालाई जिम्मेवार बनाउने तथा श्रम अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए।
नगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आग्रह गरेको छ।
श्रमिक सङ्घ–संस्थाहरूले श्रमिकको हकहित संरक्षण, सामाजिक सुरक्षा तथा श्रम प्रशासनलाई प्रभावकारी बनाउन श्रम डेस्क स्थापना सकारात्मक पहल भएको बताएका छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा