काठमाडौं । टोखा नगरपालिका वडा नं. ४ र ६ लाई संयुक्त रूपमा बालमैत्री वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता तथा समग्र विकास सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, नगर प्रवक्ता बच्चुराम बस्याल, जनप्रतिनिधि, कर्मचारी, अभिभावक तथा बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष बुढाथोकीले बालबालिकामा गरिएको लगानीले राष्ट्रको भविष्य सुनिश्चित हुने उल्लेख गर्दै बालअधिकार संरक्षण र बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
नगरप्रमुख प्रकाश अधिकारीले बालमैत्री वडा घोषणा औपचारिकतामा सीमित नरहने बताउँदै बालबालिकाको अधिकार संरक्षण, सहभागिता, नेतृत्व विकास तथा सिर्जनशीलता प्रवर्द्धनका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहने बताए।
वडा नं. ६ की अध्यक्ष शान्ता पौडेलले बालमैत्री वडा निर्माण आगामी पुस्ताप्रतिको दायित्व भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताइन्। वडा नं. ४ का अध्यक्ष धर्वेन्द्र श्रेष्ठले बालमैत्री वातावरण निर्माणका लागि समुदाय, विद्यालय, अभिभावक र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा नगर बाल सञ्जालका प्रतिनिधिहरूले बालबालिकाको क्षमता विकास, सहभागिता र नेतृत्व प्रवर्द्धनमा नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि बालमैत्री समाज निर्माणका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
टोखा नगरपालिकाले बालमैत्री स्थानीय शासनका सूचकहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालबालिकाको अधिकार सुनिश्चित गर्ने अभियानलाई थप विस्तार गर्ने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान