logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

टोखा नगरपालिकामा श्रमिक अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न, ७० भन्दा बढी श्रमिक सम्मानित

टोखा नगरपालिकामा श्रमिक अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न, ७० भन्दा बढी श्रमिक सम्मानित


  • मंगलबार, बैशाख २९ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा “श्रमको सम्मान, राष्ट्रको अभियान” अन्तर्गत श्रमिकहरूको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले श्रमिक अधिकारसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

    नगरप्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, नगर प्रवक्ता बच्चुराज बस्याल, जनप्रतिनिधि, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिव तथा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

    कार्यक्रममा श्रमिकमाथि हुने अन्याय, श्रम अधिकार, विद्यमान कानुनी व्यवस्था तथा श्रमिकका समस्या र समाधानका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले श्रमिकको सम्मान, सुरक्षा तथा अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका थप प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाभित्र कार्यरत कुनै पनि श्रमिक अन्यायमा परेमा नगरपालिकाको श्रम डेस्कमा सम्पर्क गर्न आग्रह गर्दै श्रमिकको न्याय, सुरक्षा र अधिकार संरक्षणका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।

    श्रम तथा रोजगार कार्यालयका प्रमुख उदयकुमार गुप्ताले श्रमिक अधिकार, श्रमसम्बन्धी कानुनी व्यवस्था तथा श्रम प्रशासनका विषयमा अभिमुखीकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागी विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले श्रमिकका अनुभव, चुनौती तथा सुझाव प्रस्तुत गर्दै श्रमिकका गुनासा दर्ता, सुनुवाइ र समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।

    कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ७० भन्दा बढी श्रमिकलाई सम्मान गरिएको थियो। नगरपालिकाले श्रमिकको श्रम, योगदान र समर्पणको उच्च मूल्यांकन गर्दै श्रमिकमैत्री वातावरण निर्माण र न्यायमा सहज पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    कार्यक्रमको सहजीकरण रोजगार संयोजक सिर्जना आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य विश्वास नेपालकी कार्यक्रम संयोजक सीता पाण्डेले राख्नुभएको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page