logo

सोमबार, असार २२ २०८३

kantipurpationlinetv

२०८३ असार २२ सोमबार

नयाँ बसपार्कमा लागुऔषध दुव्र्यसन तथा मानव बेचबिखनविरुद्ध साप्ताहिक अभियान शुभारम्भ

नयाँ बसपार्कमा लागुऔषध दुव्र्यसन तथा मानव बेचबिखनविरुद्ध साप्ताहिक अभियान शुभारम्भ


  • सोमबार, असार २२ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं, असार २२ ।  समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नयाँ बसपार्क, गोंगबुँमा लागुऔषध दुव्र्यसन तथा आन्तरिक मानव बेचबिखनविरुद्ध साप्ताहिक अभियानको शुभारम्भ गरिएको छ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रहरी प्रभाग गोंगबुँ, नयाँ बसपार्क परिसरमा निर्मित भगवती माताको मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो।

    “हाम्रो साझा प्रतिबद्धता: लागुऔषधमुक्त युवा, मानव बेचबिखनमुक्त समाज, सुरक्षित भविष्य, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रममा प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

    प्रहरी वृत्त महाराजगञ्ज, प्रहरी प्रभाग गोंगबुँ, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुँको आयोजना तथा अनाहत नेपालको सहकार्यमा सञ्चालित “सुरक्षित समाज निर्माणका लागि आन्तरिक मानव बेचबिखन नियन्त्रण तथा लागुऔषध दुव्र्यसनविरुद्ध साप्ताहिक कार्यक्रम” अन्तर्गत नयाँ बसपार्कबाट प्रभातफेरी सुरु भई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुँको भवनमा पुगेर अभियानको औपचारिक शुभारम्भ गरिएको हो।

    कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरे, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

    आयोजकका अनुसार युवालाई लागुऔषध दुव्र्यसनबाट जोगाउने, आन्तरिक मानव बेचबिखन नियन्त्रण गर्ने, समुदायमा जनचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित, सभ्य र समृद्ध समाज निर्माणमा समुदाय, प्रहरी र सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आगामी दिनमा साप्ताहिक रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech