लमजुङ। दोर्दी गाउँपालिकाले कृषि यान्त्रीकरण तथा नगदेबालीमा प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई विभिन्न कृषि उपकरण वितरण गरेको छ।
गाउँपालिकाका अनुसार कार्यक्रममार्फत ६१ वटा मिनी टिलर, ४ वटा कफी पल्पर मेसिन, ५ वटा ग्रास कटर मेसिन, १७ वटा मकै छोडाउने मेसिन तथा ३ वटा इलेक्ट्रिक ड्रायर कृषकलाई हस्तान्तरण गरिएको हो।
उपकरण वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै उत्पादन लागत घटाउने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र कृषिलाई व्यवसायमुखी बनाउन गाउँपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको बताए।
उनले वितरण गरिएका उपकरणहरूको प्रभावकारी उपयोग गर्न कृषकलाई आग्रह गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा कृषकको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।
गाउँपालिकाले कृषि उत्पादन वृद्धि, श्रमको अभाव न्यूनीकरण तथा कृषकको आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्यसहित कृषि यान्त्रीकरणका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु