logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

डिभिजन वन कार्यालय गोरखा उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित

डिभिजन वन कार्यालय गोरखा उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित


  • बिहिबार, साउन १४ २०८३
  • 56
    SHARES

    गोरखा । डिभिजन वन कार्यालय गोरखा उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएको छ।

    आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट वित्तीय प्रगति, वन अतिक्रमण नियन्त्रण, बेरुजु फर्छ्यौट तथा नवीनतम कार्यसम्पादनका आधारमा गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय र वन निर्देशनालयले कार्यालयलाई ‘प्रशंसा–पत्र’ सहित सम्मान गरेको हो।

    वन व्यवस्थापन, वित्तीय अनुशासन तथा सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै मन्त्रालय र निर्देशनालयले डिभिजन वन कार्यालय गोरखालाई सम्मान प्रदान गरेको जनाएको छ।

    कार्यालयले प्राप्त सम्मानलाई आगामी दिनमा वन संरक्षण, जैविक विविधताको संरक्षण तथा प्रभावकारी सेवा प्रवाहमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणाका रूपमा लिएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page