logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

मधेशमा बढ्दो तनावबीच गृहमन्त्री सुनसरी जाँदै

मधेशमा बढ्दो तनावबीच गृहमन्त्री सुनसरी जाँदै


  • बिहिबार, साउन १४ २०८३
  • 1.5K
    SHARES

    काठमाडौं । मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन गुरुङ कोशी र मधेश प्रदेशका केही सांसदहरूसहित सुनसरीको स्थलगत अवलोकनमा जाने भएका छन्।

    प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार दोस्रोपटक भएको भेटवार्तापछि गृहमन्त्रीको सुनसरी भ्रमण तय भएको हो। उनी सुनसरीको कप्तानगञ्ज पुगेर पछिल्लो सुरक्षा अवस्था, घटनाक्रम तथा स्थानीय प्रशासनसँग आवश्यक जानकारी लिने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्रीकै निर्देशनमा गृहमन्त्रीको भ्रमण तय गरिएको हो। भ्रमणमा कोशी र मधेश प्रदेशका केही सांसदहरू पनि सहभागी हुनेछन्।

    यसअघि बुधबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो। बैठकपछि प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच पुनः छलफल भएको थियो।

    सरकारले सुनसरी तथा मधेश प्रदेशका विभिन्न क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई गम्भीर रूपमा लिँदै सुरक्षा अवस्था सामान्य बनाउन आवश्यक पहल अघि बढाएको जनाएको छ। गृहमन्त्रीले स्थलगत निरीक्षणपछि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवालासँग छलफल गरी वस्तुस्थितिबारे सरकारलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको स्रोतले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page