logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने


  • बिहिबार, साउन १४ २०८३
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी भइरहेको छ भने समय भने अझै तय भइसकेको छैन।

    सचिवालयका अनुसार सुनसरी तथा मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय बढेका हिंसात्मक गतिविधिलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

    यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई घटनास्थल पुगेर वस्तुस्थिति बुझ्न निर्देशन दिएका छन्। निर्देशनअनुसार गृहमन्त्री गुरुङ सुनसरी पुगेका छन्।

    प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीले घटनास्थलको स्थलगत निरीक्षण तथा सुरक्षा अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्रीको सम्बोधन सार्वजनिक गरिनेछ।

    सरकारले पछिल्ला घटनाक्रमलाई गम्भीर रूपमा लिँदै सुरक्षा अवस्था, शान्ति व्यवस्था र सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधनमार्फत धारणा राख्ने तयारी गरेको स्रोतले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page