logo

शुक्रबार, साउन १५ २०८३

kantipurpationlinetv

२०८३ साउन १५ शुक्रबार

बर पीपल रिसोर्ट सातौँ वर्षमा, आतिथ्यसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रणी

बर पीपल रिसोर्ट सातौँ वर्षमा, आतिथ्यसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रणी


  • शुक्रबार, साउन १५ २०८३
  • 1.5K
    SHARES

    पोखरा । पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा स्थापित बर पीपल रिसोर्ट सातौँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्नुका साथै ग्राहकका लागि विशेष छुटको घोषणा गरेको छ।

    पोखराको लेकसाइडस्थित मनिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको पाँचतारे स्तरको रिसोर्टले छोटो समयमै स्वदेशी तथा विदेशी पर्यटकमाझ छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ। सञ्चालनको सुरुवातमै कोरोना महामारीको चुनौती सामना गर्नुपरे पनि सेवा, गुणस्तर र आतिथ्यतामा निरन्तरता कायम राख्दै रिसोर्टले आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको दाबी गरेको छ।

    सातौँ वार्षिकोत्सवको अवसरमा रिसोर्टले हेमजास्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ। साथै लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीकृष्णप्रमोद आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्नुका साथै विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ। उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको रिसोर्टले जनाएको छ।

    रिसोर्टका सञ्चालक अमरजंग गुरुङ (जितु) ले वार्षिकोत्सवको अवसरमा अगस्ट महिनाभरि आवास तथा खानामा १५ प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी दिए।

     

    उनका अनुसार नेपाली मौलिकता, गुणस्तरीय सेवा र अन्तर्राष्ट्रियस्तरको आतिथ्यतालाई प्राथमिकतामा राख्दै रिसोर्ट सञ्चालन हुँदै आएको छ। कठिन परिस्थितिका बीच पनि सेवाको गुणस्तरमा कुनै सम्झौता नगरेकै कारण पाहुनाको विश्वास कायम राख्न सफल भएको उनले बताए।

    हाल रिसोर्टमा करिब एक सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। फेवा ताल र आसपासका हरियाली पहाडको दृश्यावलोकन गर्न मिल्ने ५० भन्दा बढी डिलक्स, सुपर डिलक्स र एक्जिक्युटिभ सुइट, आउटडोर स्वीमिङ पुल, स्पा, साउना, फिटनेस जिम, फाइन डाइनिङ रेस्टुरेन्ट, कफी सप, सुविधासम्पन्न मिटिङ हल तथा पर्याप्त पार्किङ रिसोर्टका प्रमुख आकर्षण हुन्।

    परम्परागत नेपाली वास्तुकला, इँटा र काठको मौलिक डिजाइनलाई आधुनिक सुविधासँग संयोजन गरिएको बर पीपल रिसोर्ट छोटो समयमै स्वदेशी तथा विदेशी पर्यटक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको रोजाइमा पर्न सफल भएको छ।

    रिसोर्टका अनुसार ‘बर पीपल’ नाम नेपाली समाजमा विश्राम, सहअस्तित्व र सामाजिक सद्भावको प्रतीक मानिने बर र पीपलका रूखबाट प्रेरित हो। यही अवधारणालाई आत्मसात् गर्दै नेपाली मौलिकता, संस्कृति र आधुनिक आतिथ्य सेवालाई एउटै छानामुनि प्रस्तुत गर्ने उद्देश्यका साथ रिसोर्ट सञ्चालन हुँदै आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page