काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएको छ।
पुर्जाले स्थापना गरेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको पुष्टि गरेको हो।
निर्मल पुर्जा पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा अन्य आरोहीसँगै बेपत्ता भएका थिए। उक्त घटनामा बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए।
उद्धार तथा खोजी अभियानका क्रममा शुक्रबार चार जनाको शव फेला परेको जनाइएको छ। अन्य बेपत्ता आरोहीहरूको खोजी कार्य भने जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
पुर्जा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा कम समयमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने नेपाली पर्वतारोहीका रूपमा परिचित थिए। पर्वतारोहण क्षेत्रमा उनले पुर्याएको योगदानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान दिलाएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी
-
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको खेतमै