काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको पछिल्लो सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन तथा समन्वयका लागि अझै केही दिन त्यहीँ रहने भएका छन्।
स्रोतका अनुसार घटनामा ज्यान गुमाएकाका परिवारसँग सहमति भइसके पनि मधेश प्रदेशको समग्र सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य नहुँदासम्म गृहमन्त्री काठमाडौं नफर्कने तयारीमा छन्।
गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमै बसेर सुरक्षा निकायसँग समन्वय, शान्ति–सुरक्षा व्यवस्थापन तथा घटनापछिको अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्।
सरकारले मधेश प्रदेशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आवश्यक सबै कदम चालिरहेको जनाएको छ। गृहमन्त्री गुरुङले अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्र काठमाडौं फर्किने बताइएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी
-
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको खेतमै