logo

शनिबार, साउन १६ २०८३

kantipurpationlinetv

२०८३ साउन १६ शनिबार

नेपाली आरोहीको निधनप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

नेपाली आरोहीको निधनप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त


  • शनिबार, साउन १६ २०८३
  • 91
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा निधन भएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रड पिकमा निर्मल पुर्जासहित छ जना नेपाली र चार जना विदेशी आरोहीको दुःखद निधन भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।

    प्रधानमन्त्री शाहले निर्मल पुर्जासहित दिवङ्गत सबै आरोहीहरूको भौतिक यात्रा अन्त्य भए पनि उनीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदान इतिहासमा सधैँ प्रेरणादायी रूपमा जीवित रहने उल्लेख गरेका छन्।

    ‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन, यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ,’ प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

    प्रधानमन्त्रीले दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page