logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता, ऋण असुली पनि तीव्र

दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता, ऋण असुली पनि तीव्र


  • मंगलबार, साउन १९ २०८३
  • 63
    SHARES

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दुई समस्याग्रस्त सहकारी संस्थाका ३४१ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।

    समितिका अनुसार कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका ३३४ जना तथा पशुपति बचत तथा ऋण सहकारी संस्थाका ७ जना गरी ३४१ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्।

    सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा पीडित बचतकर्तालाई रकम फिर्ता गरिएको जनाएको छ।

    समितिले साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट ऋण असुलीसमेत गरिएको जानकारी दिएको छ। असुली प्रक्रियालाई तीव्र बनाउँदै बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता दिइएको समितिको भनाइ छ।

    समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो। आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने जनाएको छ।

    समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्था अनुसार निरन्तर फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page