काठमाडौं, २० साउन । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण बुधबारदेखि सेवा निवृत्त भएका गुरागाईंलाई महानगरपालिकाले औपचारिक रूपमा बिदाइ गरेको छ।
गुरागाईंले करिब दुई वर्ष काठमाडौं महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका थिए। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार उनी २०८१ असोज ७ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा पदस्थापन भएका थिए।
उनी कार्यरत रहँदा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग विभिन्न प्रशासनिक विषयमा मतभेद सार्वजनिक भएका थिए। त्यसक्रममा उनलाई महानगरबाट हटाउने प्रयाससमेत भएको थियो। यद्यपि, उनी कार्यकालभर आफ्नो जिम्मेवारीमा कायम रहे।
बिदाइ कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले गुरागाईंले महानगरको प्रशासनिक नेतृत्वमा पुर्याएको योगदान स्मरणीय रहने बताइन्।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला