काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।
आउँदो अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको जिम्मेवारी दिइएको हो।
क्यानले सन्दीपको कप्तानीमा १४ सदस्यीय नेपाली टोली समेत घोषणा गरेको छ। टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ छन्। अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्।
नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ। त्यसपछि सेप्टेम्बर ३ मा बहराइन, सेप्टेम्बर ५ मा आयोजक मलेसिया र सेप्टेम्बर ७ मा हङकङसँग खेल्ने तालिका छ।
समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगिताको शीर्ष तीनमा रहने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछन्।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
खेम सेन्चुरीले नारायण रायमाझीको ‘बसन्ती’बाट फिल्ममा डेब्यु गर्ने
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड तथा नारी स्रष्टा सम्मान सम्पन्न