logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

पत्रकार किशोर श्रेष्ठ कुसुन्तीबाट पक्राउ

पत्रकार किशोर श्रेष्ठ कुसुन्तीबाट पक्राउ


  • बिहिबार, साउन २८ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं — जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था डटकमका सञ्चालक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीका अनुसार उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअन्तर्गत जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो। प्रहरीले श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराउने जनाएको छ।

    जनआस्थाको अनलाइन संस्करणमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसद र एक महिलासम्बन्धी प्रकाशित सामग्रीलाई लिएर उजुरी परेको बताइएको छ। उक्त विषयमा अनुसन्धान अघि बढाउन श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

    श्रेष्ठ पत्रकारितासँगै जनआस्था साप्ताहिक तथा यसको अनलाइन संस्करण सञ्चालन गर्दै आएका छन्। पक्राउ प्रकरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page