काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवाहरूलाई आवेगसँगै विवेक थप्न अझ मिहिनेत गर्न आग्रह गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित अनलाइनखबरको ‘४० मुनिका ४०’ युवा सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्ने भएकाले अब युवाहरूको पालो आएको बताएका हुन् ।
‘राष्ट्रको भविष्य कुनै एउटा भाषण, एउटा योजना वा एउटा पुस्ताले मात्र बनाउँदैन । हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्छ । अब तपाईंहरूको पालो छ,’ उनले भने, ‘एउटै आग्रह–आवेगको धनी हुनुहुन्छ, यसमा विवेक थप्न अझ मिहिनेत गरौँ ।’
राष्ट्रपति पौडेलले अनलाइनखबरले गरेको सम्मानलाई युवाहरूले अर्को जिम्मेवारीको सुरुवातका रूपमा लिनुपर्ने बताए ।
‘आजको सम्मानलाई अर्को जिम्मेवारीको सुरुवात बनाउनुहोस् । आफू सफल हुनुहोस् । अरूलाई पनि अघि बढ्ने बाटो बनाइदिनुहोस् । आफ्नो सपना पूरा गर्नुहोस् । तर देशले देख्नुपर्ने ठूलो सपना पनि नबिर्सनुहोस्,’ उनले भने ।
देशमा कतिपय नकारात्मक परिसूचक देखिए पनि समाजमा क्रमशः परिवर्तनको भूमिका खेलिरहेका युवालाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले तीन वर्षअघिदेखि ‘४० मुनिका ४०’ सूची सार्वजनिक गर्दै आएको छ ।
यस वर्ष सार्वजनिक गरिएको सूची यसको तेस्रो संस्करण हो ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला