logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा


  • बिहिबार, साउन २८ २०८३
  • 1.1K
    SHARES

    भक्तपुर । नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन् ।

    भूमि समस्या समाधान समितिले साविक निलबाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच सम्पन्न भएको लामो समयपछि जग्गाधनी पुर्जा वितरण गरेको हो ।

    उक्त क्षेत्रको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो । ‘बोदे गाउँ’का नामले परिचित यो क्षेत्र पुरानो नेवारी बस्तीका रूपमा रहेको छ ।

    नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउन स्थानीयको सहभागिता न्यून हुँदा पुर्जा वितरणको काम लामो समय रोकिएको थियो । आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी अहिले ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

    जग्गाधनी पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवारले आफ्नो जग्गाको औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

    लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी कानुनी प्रमाणको पर्खाइमा रहेका स्थानीयले पुर्जा पाएसँगै जग्गाको कारोबार तथा अन्य कानुनी प्रक्रियामा सहजता हुने अपेक्षा गरिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page