२९ साउन, काठमाडौं । नेपाल आयल निगमले काठमाडौंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा वितरणका लागि शनिबार विभिन्न पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा २०८३ साउन ३० गते शनिबार विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्न लागिएको हो । निगमका अनुसार अत्यावश्यक परेका उपभोक्ताले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्नेछन् ।
निगमको टेकुस्थित परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री हुनेछन् ।
त्यस्तै, यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ब्रान्डका ग्यास उपलब्ध हुनेछन् । राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ ।
यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास बिक्री हुनेछन् ।
ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।
नेपाल आयल निगमले एलपी ग्यासको आयात नियमित भइरहेको तथा सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री–वितरण गरिरहेको जनाएको छ ।
निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र ग्यास खरिद गर्न आग्रह गर्दै अनावश्यक रूपमा लाइनमा नबस्नसमेत अनुरोध गरेको छ । साथै, आपूर्ति व्यवस्थालाई सहज बनाउन उपभोक्ताले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला