कीर्तिपुर, काठमाडौं । कीर्तिपुर क्लिन–अप अभियानको आयोजनामा कीर्तिपुर क्षेत्रका विभिन्न स्थानमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालय क्षेत्रलगायत कीर्तिपुरका विभिन्न स्थानमा सरसफाइ गरिएको हो।
‘आफू परिवर्तन भए मात्र अरूमा पनि परिवर्तन ल्याउन सकिन्छ, स्वच्छ वातावरण, स्वच्छ जीवन’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, उद्योगी–व्यवसायी तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
सरसफाइ कार्यक्रममा सहभागीहरूले सार्वजनिक स्थलमा रहेको फोहोर संकलन गर्नुका साथै वातावरण संरक्षण र स्वच्छताबारे सचेतना फैलाएका थिए। कार्यक्रमले स्वच्छ, सुन्दर तथा सभ्य कीर्तिपुर निर्माणका लागि नागरिकस्तरबाट निरन्तर पहल र सहभागिता आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ।
कीर्तिपुर क्लिन–अप अभियानका संयोजकहरू नीरोज जङ्ग बिष्ट, महेश थापा, सुनील भट्ट, लोकेन्द्र साउद, अर्जुन आचार्य तथा कपिल जोशी लगायतले सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने बताएका छन्।
कार्यक्रम सफल बनाउन आर्थिक तथा सरसफाइ सामग्री सहयोग गर्ने कपडा अड्डा कीर्तिपुर, चिया दोबाटो क्याफे एन्ड किचन, समाजसेवी अर्जुन आचार्य, सुदूरपश्चिम मोबाइल सेन्टर, प्रहरी वृत्त कीर्तिपुर, कीर्तिपुर नगरपालिका–९, नमस्कार इन्स्टिच्युट तथा FUJI International Consultancy लगायत सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तिप्रति आयोजकले आभार व्यक्त गरेको छ।
आयोजकका अनुसार स्वच्छ कीर्तिपुर निर्माण कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो। आगामी दिनमा यस्ता अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने तथा सामाजिक र वातावरण संरक्षणका गतिविधिमा नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ।
‘स्वच्छ कीर्तिपुर, सुन्दर कीर्तिपुर—हाम्रो कीर्तिपुर, हाम्रो जिम्मेवारी’ भन्ने सन्देशसहित अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम