logo

मंगलबार, असोज ६ २०८३

kantipurpationlinetv

२०८३ असोज ६ मंगलबार

भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी

भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी


  • मंगलबार, असोज ६ २०८३
  • 0.8K
    SHARES

    बुटवल, ६ असोज २०८३ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा २०८३ साल भदौ महिनाका लागि छनोट भएका ‘बेस्ट पुलिस अफ द मन्थ’ (Best Police of the Month) प्रहरी अधिकृतलाई सम्मान गरिएको छ।

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा कार्यरत प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरी सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको हो।

    कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक खत्रीले उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका प्रहरी निरीक्षक भण्डारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकताका साथ निर्वाह गर्दै संगठनप्रतिको दायित्व, अनुशासन, इमान्दारिता र व्यावसायिकतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले बदलिँदो समयसँगै देखापर्ने समसामयिक प्रहरीसम्बन्धी चुनौती तथा ‘कन्टेम्पोररी पोलिसिङ इश्युज’ (Contemporary Policing Issues) लाई सम्बोधन गर्न प्रहरीको कार्यशैलीलाई समयानुकूल र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।

    साथै, प्रहरी सेवामा सुधार गर्नुपर्ने विषय तथा कार्यसम्पादनका क्रममा प्राप्त अनुभवहरू प्रस्तुत गर्दै उहाँले उपस्थित प्रहरी कर्मचारीलाई नागरिकमैत्री सेवा प्रवाह, जिम्मेवारीप्रति प्रतिबद्धता तथा व्यावसायिक आचरण कायम राख्दै अनुशासित, इमान्दार र निडर भएर उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

    कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूले उत्कृष्ट प्रहरी छनोट तथा सम्मानले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्प्रेरित गर्दै व्यावसायिक कार्यसम्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page