logo

सोमबार, मंसिर ८ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ८ सोमबार

चुमनुब्रीको चुम्भ्याली पदमार्ग १२ दिन बन्द, खच्चड र पैदल यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

चुमनुब्रीको चुम्भ्याली पदमार्ग १२ दिन बन्द, खच्चड र पैदल यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह


  • बुधबार, भाद्र १७ २०८३
  • 84
    SHARES

    गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ ताजुस्थित चुम्भ्याली पदमार्ग १२ दिनका लागि बन्द गरिने भएको छ। पदमार्ग निर्माण कार्य भइरहेकाले भदौ १७ गतेदेखि २८ गतेसम्म उक्त मार्गमा खच्चड तथा मानिसको आवतजावत बन्द गर्न गाउँपालिकाले आग्रह गरेको हो।

    चुमनुब्री गाउँपालिकाले सूचना जारी गर्दै निर्माण कार्य सम्पन्न नभएसम्म उक्त मार्ग प्रयोग नगर्न अनुरोध गरेको छ।

    गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नम्बर ६ ताजुस्थित चुम्भ्याली पदमार्ग स्तरोन्नति तथा निर्माणको काम भइरहेको छ। निर्माण योजनाअन्तर्गत पीसीसी निर्माणसम्बन्धी काम गर्नुपर्ने भएकाले निर्धारित अवधिका लागि आवागमन बन्द गर्न लागिएको हो।

    प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले निर्माण कार्य भइरहेका बेला खच्चड तथा मानिसको आवतजावत हुँदा काममा अवरोध पुग्नुका साथै जोखिमसमेत हुन सक्ने भएकाले अस्थायी रूपमा मार्ग बन्द गर्नुपरेको बताए।

    उनका अनुसार भदौ १७ देखि २८ गतेसम्म ताजुबाट आवतजावत गर्नेहरूले वैकल्पिक बाटो प्रयोग गर्नुपर्नेछ। पदमार्ग निर्माण सम्पन्न भएपछि आवतजावत सहज र सुरक्षित हुने भएकाले निर्माण कार्यमा अवरोध नगर्न खच्चड व्यवसायी, व्यापारी तथा अन्य सरोकारवालालाई आग्रह गरिएको छ।

    लामिछानेले सार्वजनिक निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न स्थानीयवासी तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरिएको बताए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page