सिरान्चोक गाउँपालिका ४ र पालुङटार नगरपालिका २ को संगमस्थलमा रहेको काग भुसुण्डे मन्दिरमा यही माघ १ गते कागबेनी सांस्कृतिक एवं धार्मिक मेलाको आयोजना हुने भएको छ। पालुङटार नगरपालिका र सिरन्चोक गाउँपालिकाको शान, स्थानीय सम्पदाको संरक्षण एवं सांस्कृतिक जगेर्नामा हातेमालो अभियान भन्ने मूल नाराका साथ चारौं धार्मिक एवं सांस्कृतिक कागबेनी मेला २०८२ माघ १ गते आयोजना गरिएको छ।
कागबेनी मन्दिर संरक्षण समितिले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहितको धार्मिक मेलाको तयारी गरिएको छ । स्थानीय ऐतिहासिक पर्यटकीय एवं धार्मिक स्थललाई प्रचारप्रसार गर्दै धार्मिक पर्यटनलाई केन्द्रमा राखी काग भुसुण्डे मन्दिरलाई विश्वमाझ पुर्याउनका लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पोख्रेलले जानकारी दिएका छन्।
प्रत्येक वर्ष माघे संक्रान्तिका दिनमा यस स्थानमा मेला लाग्ने गर्छ । यस काग भुसुण्डे मन्दिरको आफ्नो छुट्टै ऐतिहासिक र पुरातात्विक महत्व छ। विशेषत यहाँ पुस मसान्तमा लामा गुरुहरूद्वारा पूजाआजा गरिन्छ, हिन्दु मन्दिर भएतापनि लामा गुरुहरूबाट यहाँ पूजा गरिएकाले समावेशीको एक उदाहरण यहाँ देख्न सकिन्छ । त्यस्तैगरी पुस मसान्तको अन्तिम रातमा त्यहाँ १०८ पाला बत्ती बालिन्छ। रातभर जागरण बस्ने प्रचलन छ। भोलि बिहानै स्नान गरी पूजाआजा गरी फूलको डोली तार्ने, तोरण तार्ने काम गरिन्छ।
यस पुरानो ऐतिहासिक र पर्यटकीय मन्दिर संरक्षण गर्नका लागि २०७६ सालमा दर्ता भएको कागबेनी मन्दिर संरक्षण समितिले नियमित रुपमा धार्मिक एवं सांस्कृतिक मेला आयोजना गर्दै आएको छ । विशेषता माघ १ गते ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। कार्यक्रममा स्थानीय भजन प्रतियोगिता, अन्तर महिला समूह लोकगीत प्रतियोगिता, निःशुल्क आँखा उपचार शिविर र चस्मा वितरण कार्यक्रम साथै स्थानीय हाडी फुटाएर, मेज घुमाई कार्यक्रम हुने आयोजक संस्थाले कान्तिपुर पार्टी डट कमलाई जानकारी दिएको छ।
चौथो धार्मिक एवं सांस्कृतिक कागबेनी मेला २०८२ मा कलाकारहरु पार्वती कार्की, आशिष पोख्रेल, बिमला विश्वकर्मा, कमल गुरुङ, सुरेन्द्र गुरुङ सहितका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहनेछ । गतवर्ष भने यही कार्यक्रममा सारङ्गी संसारको विशेष प्रस्तुति रहेको थियो। कागबेनी मन्दिर संरक्षण समिति पालुङटार नगरपालिका २ गोरखाको आयोजनामा हुन गइरहेको उक्त मेलामा सहभागी भई स्थानीय धार्मिक पर्यटन प्रवर्धनमा यहाँहरुले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्दै आयोजक टिमले सबैलाई निमन्त्रणा पठाएको छ ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक