गोरखा १ का सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ ।
छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीले छानबिन प्रक्रिया पूरा गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको जानकारी दिए ।
“हाम्रो तर्फबाट छानबिन सकेर प्रतिवेदन बुझायौं । अब बाँकी प्रक्रिया सम्बन्धित निकायबाट अघि बढ्छ,” उनले भने ।
समितिले गुरुङसँग बयान लिएको थियो । बयान लिनुअघि आरोपसँग सम्बन्धित विषयमा सरोकारवाला पक्षसँग छलफल गर्नुका साथै सम्पत्ति विवरणसमेत अध्ययन गरिएको समितिले जनाएको छ ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए ।
समितिले आरोपसँग सम्बन्धित विभिन्न पक्षको अध्ययन, सम्पत्ति विवरणको विश्लेषण तथा आवश्यक कागजातहरूको मूल्यांकन गरेको बताइएको छ ।
के हो सुधन गुरुङमाथिको आरोप ?
सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परेपछि उनीसँगको साझेदारीका कारण सुधन गुरुङ विवादमा तानिएका थिए । भट्ट हाल पनि प्रहरी हिरासतमा छन् ।
सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा संलग्नता रहेको जस्ता आरोप सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।
त्यसपछि सामाजिक सञ्जालमार्फत उनले निष्पक्ष छानबिनको माग गर्दै पदभन्दा नैतिकता ठूलो हुने उल्लेख गरेका थिए ।
राजीनामापछि २० दिनपछि, ३१ वैशाखमा सरकारले छानबिन समिति गठन गरेको थियो ।
यदि प्रतिवेदनले उनलाई निर्दोष ठहर गरेमा उनी पुनः गृहमन्त्री बन्न सक्ने चर्चा समेत राजनीतिक वृत्तमा चलिरहेको छ ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण