काठमाडौँ — राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ केन्द्रीय समितिले बसपार्क क्षेत्रमा सञ्चालित ६१ वटा दोहोरी साँझलाई आपत्कालीन सुरक्षा तथा प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको छ ।
संघद्वारा आयोजित कार्यक्रममा अध्यक्ष दिपसागर थापा मगरको सभापतित्व रहेको थियो भने संस्थापक अध्यक्ष चुडाबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए । विशेष अतिथिहरूमा सल्लाहकार एवम् पूर्व अध्यक्ष गुणराज खनाल तथा सल्लाहकार प्रेम श्रेष्ठलगायत लोकदोहोरी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
यसैबीच कार्यक्रममा राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष दीपसागर थापा मगर हालै सम्पन्न नेपाल मगर सङ्घको १३औँ राष्ट्रिय महाधिवेशनबाट सांस्कृतिक उपाध्यक्षमा अत्यधिक मतसहित निर्वाचित भएकाले उनलाई संस्थागत सम्मानसमेत गरिएको थियो । कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सल्लाहकार प्रेम श्रेष्ठले दोहोरी व्यवसायलाई सुरक्षित, व्यवस्थित र व्यवसायिक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
प्रमुख अतिथि चुडाबहादुर कार्कीले लोकदोहोरी क्षेत्रको संरक्षण, व्यवसायिक विकास तथा श्रमिक सुरक्षामा संस्थाले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति दीपसागर थापा मगरले आफू अध्यक्ष निर्वाचित भएपछि संस्थाको प्राथमिकताभित्र सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रमसमेत रहेको उल्लेख गर्दै उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे । साथै संस्थाले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा व्यवसायीहरूको हित, सुरक्षा र संस्थागत विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए ।
कार्यक्रमको सञ्चालन सचिव सुनिल लामिछानेले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष दिलु सलामी मगरले व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले यस्ता गतिविधिले दोहोरी क्षेत्रको सुरक्षा, व्यवस्थापन तथा संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण