logo

शुक्रबार, असार २६ २०८३

kantipurpationlinetv

२०८३ असार २६ शुक्रबार

मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल

मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल


  • बुधबार, असार २४ २०८३
  • 8K
    SHARES

    लमजुङ — मनसुन सक्रिय भएसँगै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न थालेपछि लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सम्पूर्ण गाउँपालिकावासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

    अध्यक्ष गुरुङले जारी गरेको अपिलमा विगतका वर्षहरूमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण जनधनको क्षति व्यहोर्नुपरेको स्मरण गर्दै यस वर्ष पनि निरन्तर वर्षासँगै जोखिम बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी, सचेतना र सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्।

    उनले सम्भावित विपद्को पूर्वानुमानलाई गम्भीरतापूर्वक लिन, जोखिमयुक्त क्षेत्रको आवतजावतमा विशेष सावधानी अपनाउन तथा आफ्नो टोल–बस्तीमा रहँदा समेत उच्च सतर्कता कायम गर्न अनुरोध गरेका छन्। साथै, कुनै पनि विपद्को घटना भएमा तत्काल नजिकको प्रहरी चौकी, सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराउन पनि आग्रह गरेका छन्।

    अध्यक्ष गुरुङले सम्भावित विपद्का बेला उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, युवा तथा स्थानीय समुदायबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

    सबै नागरिकले मनसुन अवधिभर उच्च सतर्कता अपनाए सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै अध्यक्ष गुरुङले प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका छन्। उनले आधिकारिक सूचना र मौसमसम्बन्धी जानकारीलाई आधार मानी आवश्यक सावधानी अपनाउन तथा सुरक्षित रहन सम्पूर्ण गाउँपालिकावासीमा हार्दिक अपिल गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page