logo

बुधबार, असार २४ २०८३

kantipurpationlinetv

२०८३ असार २४ बुधबार

गोरखा नगरपालिकाभित्र सार्वजनिक स्थानमा फोहोर फाले पाँच हजार रुपैयाँ जरिवाना

गोरखा नगरपालिकाभित्र सार्वजनिक स्थानमा फोहोर फाले पाँच हजार रुपैयाँ जरिवाना


  • बुधबार, असार २४ २०८३
  • 1.6K
    SHARES

    गोरखा — गोरखा नगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहोरमैला फाल्ने वा राख्ने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ।

    नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै गोरखा नगरपालिका–१३ स्थित गोरखा गेटदेखि वडा नं. ६ को बसपार्कसम्मको मुख्य सडकखण्ड, सडकको दायाँ–बायाँका क्षेत्र तथा नगरपालिकाभित्रका अन्य सार्वजनिक स्थानमा सवारीसाधन वा अन्य माध्यमबाट फोहोरमैला फाल्ने वा राख्ने कार्य गरेमा कारबाही गरिने जनाएको हो।

    नगरपालिकाका अनुसार उक्त व्यवस्था २०८३ साउन ३ गते (आइतबार) देखि लागू हुनेछ। गोरखा नगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन, २०७४ को दफा २४(१) बमोजिम पहिलो पटक कसुर गर्ने व्यक्तिलाई रु पाँच हजार जरिवाना गरिनेछ।

    नगरपालिकाले सार्वजनिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित राख्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको जनाएको छ। साथै यातायात व्यवसायी, सवारी चालक, यात्रु तथा सम्पूर्ण नगरवासीलाई सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न तथा फोहोर व्यवस्थापनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको पालना गर्न आग्रह गरेको छ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page