logo

मंगलबार, मंसिर ९ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ९ मंगलबार

तारकेश्वर नगरपालिकामा सीसीटीभी जडानका लागि सम्झौता

तारकेश्वर नगरपालिकामा सीसीटीभी जडानका लागि सम्झौता


  • बुधबार, असार २४ २०८३
  • 4.5K
    SHARES

    काठमाडौं —तारकेश्वर नगरपालिका क्षेत्रभित्र सीसीटीभी प्रणाली जडान गर्ने सम्बन्धमा आज मिति २०८३ साल असार २४ गते बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र तारकेश्वर नगरपालिकाबीच सम्झौता सम्पन्न भएको छ।

    सम्झौता–पत्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्री सुशील सिंह राठौरज्यू तथा तारकेश्वर नगरपालिकाका नगर प्रमुख श्री कृष्णहरि महर्जनज्यूले हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको थियो।
    उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री धर्मराज लम्सालज्यू, प्रहरी उपरीक्षक (प्र.उ.) श्री अंशु कुमार सिंहज्यू, प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) श्री ई. मनहरि डंगोलज्यू, तारकेश्वर नगरपालिकाका सूचना प्रविधि अधिकृत श्री अशोक कुमार श्रेष्ठज्यू, स्वकीय सचिव श्री मनोज श्रेष्ठज्यू लगायत सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
    सम्झौता कार्यक्रममा नगर प्रमुख श्री कृष्णहरि महर्जनज्यूले समाजमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सीसीटीभी प्रणाली प्रभावकारी माध्यम हुने भएकाले नगरपालिकाले उक्त कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगमार्फत नगर क्षेत्रको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गर्नुभयो।
    त्यसैगरी, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौर ले स्थानीय सरकार सुरक्षा व्यवस्थापनका महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै नागरिक सुरक्षालाई प्राथमिकता दिई सुरक्षा क्षेत्रमा गरिएको लगानीको प्रशंसा गर्नुभयो। उहाँले यस प्रकारको सहकार्यले अपराध नियन्त्रण, अनुसन्धान तथा समग्र सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page