logo

बिहिबार, असार २५ २०८३

kantipurpationlinetv

२०८३ असार २५ बिहिबार

ध्रुवे हात्ती नियन्त्रणका लागि अनुगमन सुरु, मृतक परिवारलाई २१ लाख रुपैयाँ राहत

ध्रुवे हात्ती नियन्त्रणका लागि अनुगमन सुरु, मृतक परिवारलाई २१ लाख रुपैयाँ राहत


  • बुधबार, असार २४ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं । ध्रुवे हात्ती गाउँ बस्तीमा प्रवेश गरेपछि त्यसलाई नियन्त्रणमा लिन अनुगमन तथा व्यवस्थापनको काम सुरु गरिएको छ।

    गीता चौधरी ले ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन सम्बन्धित निकायमार्फत प्रयास भइरहेको जानकारी दिइन्। उनका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ, जसबाट हात्तीको २४सै घण्टा निगरानी गर्न सकिनेछ।

    गत असार २० गते चितवन राष्ट्रिय निकुञ्ज बाट गाउँ पसेको उक्त हात्तीको आक्रमणमा भरतपुर महानगरपालिका–२३ बेलहट्टामा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो। उनीहरू मूलतः चितवनको माडी नगरपालिका–१ का बासिन्दा थिए।

    मन्त्री चौधरीले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्ने सम्भावना देखिएमा स्थानीयवासीलाई समयमै सूचना प्रवाह गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरिन्।

    उनका अनुसार घटनामा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराइसकिएको छ। मन्त्रालयका अनुसार प्रतिमृतक १० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ राहत प्रदान गरिएको छ।

    यसका साथै राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट प्रतिमृतक ५० हजार रुपैयाँका दरले थप १ लाख रुपैयाँ पनि पीडित परिवारलाई उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिइन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page