logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

कक्षा १२ सम्मका विद्यार्थीलाई हिमालयन कम्युनिटी प्रोजेक्टको नि:शुल्क हाइकिङ

कक्षा १२ सम्मका विद्यार्थीलाई हिमालयन कम्युनिटी प्रोजेक्टको नि:शुल्क हाइकिङ


  • मंगलबार, साउन १९ २०८३
  • 7.5K
    SHARES

    काठमाडौं । हिमालयन कम्युनिटी प्रोजेक्टले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि नि:शुल्क हाइकिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीमा पर्ने आर्थिक भार कम गर्नुका साथै प्रकृतिसँग नजिक हुने, नयाँ अनुभव हासिल गर्ने र सिकाइलाई व्यवहारसँग जोड्ने उद्देश्यले यो सुविधा उपलब्ध गराइएको संस्थाले जनाएको छ।

    संस्थाका अनुसार विद्यार्थीहरूलाई सानै उमेरदेखि प्रकृति, वातावरण र सामाजिक गतिविधिसँग जोड्न तथा उनीहरूको शारीरिक र मानसिक विकासमा सहयोग पुर्‍याउने लक्ष्यका साथ कक्षा १२ सम्मका विद्यार्थीलाई नि:शुल्क हाइकिङमा सहभागी गराइनेछ।

    हिमालयन कम्युनिटी प्रोजेक्टले ‘हाइक फर हेल्थ’ (Hike for Health) भन्ने मूल नारासहित प्रत्येक शनिबार नियमित रूपमा हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ। पैदल यात्रामार्फत नागरिकलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउने उद्देश्यले सञ्चालन हुने उक्त कार्यक्रममा सबै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्ने संस्थाले जनाएको छ।

    संस्थाका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार हिमालयन कम्युनिटी प्रोजेक्ट गैरनाफामूलक तथा सामाजिक संस्था हो। संस्थाले समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए।

    उनका अनुसार संस्थाले सडकका छाडा तथा अबोध जनावरलाई खाना खुवाउने, नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, विपन्न तथा असहाय बालबालिकाको शिक्षामा सहयोग गर्ने, वातावरण संरक्षणका लागि वृक्षारोपण गर्ने तथा नियमित हाइकिङ कार्यक्रम सञ्चालन गर्ने जस्ता सामाजिक गतिविधि गर्दै आएको छ।

    संस्थाले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै समुदायमुखी गतिविधिलाई निरन्तरता दिने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page