काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह ‘बालेन’ र प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार भेटवार्ता भएको छ ।
प्रधानसेनापति सिग्देल केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानसेनापति सिग्देल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । यद्यपि भेटवार्तामा भएका छलफलका विषयबारे भने औपचारिक जानकारी दिइएको छैन ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटवार्ताबारे आफूलाई जानकारी नभएको बताएका छन् । सेनाले प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेटलाई नियमित भेटवार्ताका रूपमा लिएको जनाएको छ ।
यसअघि पनि साउन १९ गते प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता भएको थियो । उक्त भेटका क्रममा गोकर्णमा नेपाली सेनाको संरक्षणमा रहेको नेपाल ट्रस्टको जग्गामा सेनाको असहमतिबीच डोजर चलाइएको विषयमा समेत छलफल भएको बताइएको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सो भेटमा प्रधानसेनापति सिग्देलले उक्त घटनाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले पनि उक्त विषयमा स्पष्टीकरणसहित विज्ञप्ति जारी गरेका थिए ।
शुक्रबारको भेट भने नियमित भेटवार्ताका रूपमा भएको सेनाको भनाइ छ । भेटवार्ताको विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक