काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै संसद सचिवालयमा चिकित्सकीय रिपोर्टसहितको पत्र बुझाएका छन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले आँखाको समस्याका कारण उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने भएकाले सनग्लास प्रयोग गर्नुपर्ने अवस्था रहेको जानकारी गराउँदै चिकित्सकीय रिपोर्ट पेश गरेका हुन्।
केही दिनअघि कार्यव्यवस्था समितिको बैठकमा सभामुख डिपी अर्यालले सांसदहरूलाई संसद बैठकमा आउँदा कालो चस्मा नलगाउन निर्देशन दिएका थिए। स्वास्थ्य समस्याका कारण चस्मा लगाउनुपर्ने भए चिकित्सकको रिपोर्ट पेश गर्नुपर्ने सभामुख अर्यालले बताएका थिए। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहले सचिवालयमा चिकित्सकीय प्रमाण पेश गरेका हुन्।
प्रधानमन्त्री शाहले पेश गरेको मेडिकल रिपोर्ट लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले जारी गरेका हुन्। रिपोर्टमा प्रधानमन्त्री शाहमा ड्राइ आई डिजिज (आँखा सुख्खा हुने समस्या) देखिएको उल्लेख गरिएको छ।
रिपोर्टमा उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्याका लागि आवश्यकताअनुसार प्रयोग गर्ने गरी कार्बोक्सिमिथाइलसेलुलोज ०.५ प्रतिशत आँखामा हाल्ने ड्रप प्रयोग गर्न सुझाव दिइएको छ। साथै, उज्यालो प्रकाश भएको वातावरणमा समस्या कम गर्न आँखाको सुरक्षाका लागि सनग्लास वा शेड्स प्रयोग गर्न चिकित्सकीय सुझाव दिइएको छ।
प्रधानमन्त्री शाह भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुने कार्यक्रम छ। बैठकमा उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन्। चिकित्सकीय कारणसहितको रिपोर्ट सचिवालयमा बुझाएपछि प्रधानमन्त्री शाह बैठकमा कालो चस्मा लगाएरै सहभागी हुने भएका छन्।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू