logo

शनिबार, भाद्र १३ २०८३

kantipurpationlinetv

२०८३ भाद्र १३ शनिबार

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने


  • शुक्रबार, भाद्र १२ २०८३
  • 77
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

    मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते नेपाल–चीन सीमा तथा भोटेकोशी नदी क्षेत्रमा भएको विपद्लाई मध्यनजर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

    सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले यस्तो निर्णय गरेको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page