logo

बुधबार, भाद्र १७ २०८३

kantipurpationlinetv

२०८३ भाद्र १७ बुधबार

रसुवा बाढी : सुरुङमा फसेकाको उद्धार गर्न माथिबाट ड्रिल गर्ने विकल्पमा सरकार

रसुवा बाढी : सुरुङमा फसेकाको उद्धार गर्न माथिबाट ड्रिल गर्ने विकल्पमा सरकार


  • मंगलबार, भाद्र १६ २०८३
  • 84
    SHARES

    १६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवामा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिल्लो भागबाट ड्रिल गरेर प्रवेश गर्ने विकल्पमा समेत सरकारले प्रयास गरिरहेको बताएका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा रसुवा बाढीबारे जानकारी दिँदै गृहमन्त्री गुरुङले उद्धारका लागि सम्भावित सबै विकल्पको खोजी भइरहेको बताएका हुन्।

    ‘माथिको ठाउँबाट पनि खनेर त्यसलाई ड्रिल गरेर केही गर्न सकिन्छ कि भनेर राज्यले प्रयास गरिरहेको छ,’ उनले भने।

    गृहमन्त्री गुरुङले सुरुङमा फसेका व्यक्तिको उद्धारको आशा अझै नमारिएको बताए। उनीहरूको उद्धारका लागि सुरक्षा संयन्त्र परिचालित रहेको र सम्भावित सबै उपायबाट खोज तथा उद्धारको प्रयास भइरहेको उनको भनाइ छ।

    ‘अझै पनि हामीले होप लुज गरेका छैनौं। माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहाँको नै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लागेको छ। हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गरिरहेको छ,’ उनले भने।

    रसुवामा आएको बाढीका कारण जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको छ। बाढीका कारण सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको सरकारले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page