गोरखा । सम्भावित वर्षाका कारण पाकेको धानबालीमा क्षति पुग्न सक्ने जोखिम बढेपछि गोरखाको पालुङटार नगरपालिकाले किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक ११ देखि १५ गतेसम्म गण्डकी प्रदेशका पहाडी भूभागलगायत विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।
वर्षाका कारण पाकेको धानबाली तथा अन्य कृषि उपजमा क्षति पुग्न सक्ने भएकाले समयमै बाली भित्र्याउन र सुरक्षित भण्डारणको व्यवस्था मिलाउन नगरपालिकाले कृषकलाई अनुरोध गरेको हो।
नगरपालिकाले पाकेको धानलगायतका बाली सम्भव भएसम्म समयमै कटान गरी सुरक्षित स्थानमा राख्न तथा काटिसकेको बालीलाई वर्षाको पानीबाट जोगाउन आग्रह गरेको छ। साथै, मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर आवश्यक सावधानी अपनाउन पनि किसानलाई अनुरोध गरिएको छ।
सम्भावित प्रतिकूल मौसमबाट कृषि उत्पादनमा हुन सक्ने क्षति न्यूनीकरण गर्न समयमै सतर्कता अपनाउन नगरपालिकाले सम्पूर्ण कृषकलाई आग्रह गरेको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक