गोरखा । प्रदेश अस्पताल गोरखामा डिजिटल भुक्तानी प्रणाली सुरु भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले बिहीबार एक कार्यक्रमबीच डिजिटल भुक्तानी सेवाको उद्घाटन गरेका हुन्।
नयाँ व्यवस्था लागू भएसँगै अब अस्पतालमा उपचार गराउने बिरामीले डाइनामिक क्युआर कोड स्क्यान गरेर मोबाइल बैंकिङमार्फत सेवा शुल्क भुक्तानी गर्न सक्नेछन्। यसअघि नगदमा शुल्क तिर्नुपर्ने बाध्यता रहेकामा डिजिटल भुक्तानी सुरु भएपछि सेवाग्राहीलाई सहज हुने अस्पतालको विश्वास छ।
अस्पतालका अनुसार नयाँ प्रणालीले शुल्क तिर्न लामो समय लाइनमा बस्नुपर्ने झन्झट कम गर्नुका साथै आर्थिक कारोबारलाई थप पारदर्शी र व्यवस्थित बनाउनेछ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले अस्पतालबाट प्रवाह भइरहेका सेवा, हालसम्मका उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए। उनले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि मन्त्रालयसँग आवश्यक सहयोगको मागसमेत गरे।
कार्यक्रममा स्वास्थ्य मन्त्री न्यौपानेले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
अस्पतालले यसअघि नै विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा विकसित ईएमआर प्रणालीमार्फत दैनिक सेवा सञ्चालन गर्दै आएको थियो। सोही प्रणालीमा डाइनामिक क्युआर प्रविधि जोडेर डिजिटल भुक्तानी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग