काठमाडौं । जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त भएका छन्।
स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक तथा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायतका संस्थामा विभिन्न प्राविधिक तथा नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्।
पौडेलको प्रमुख कार्यक्षेत्र स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान रहँदै आएको छ।
शैक्षिक रूपमा उनले बेलायतस्थित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गरेका छन्। त्यस्तै, इन्डोनेसियाको योग्याकार्तास्थित गाड्जाह माडा विश्वविद्यालयको चिकित्सा, जनस्वास्थ्य तथा नर्सिङ संकायबाट सन् २०१९ मा जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
उनले पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकसमेत गरेका छन्।
नवनियुक्त अध्यक्ष पौडेलको नेतृत्वमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नियमन तथा व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। स्वास्थ्य व्यवसायको गुणस्तर कायम गर्न, व्यावसायिक मापदण्डलाई सुदृढ बनाउन तथा स्वास्थ्य व्यवसायीहरूको क्षमता विकासमा समेत उनको अनुभव उपयोगी हुने विश्वास गरिएको छ।
पौडेलको नियुक्तिसँगै परिषद्ले स्वास्थ्य व्यवसायको नियमन, व्यावसायिक गुणस्तर तथा स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धिमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह