logo

आइतबार, साउन ३१ २०८३

kantipurpationlinetv

२०८३ साउन ३१ आइतबार

स्वास्थ्य मन्त्री मेहताद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

स्वास्थ्य मन्त्री मेहताद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन


  • आइतबार, साउन ३१ २०८३
  • 84
    SHARES

    लहान । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छन्।

    मन्त्री मेहताले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको समग्र सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिएकी छन्। सो क्रममा उनले ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको समेत स्थलगत अवलोकन गरेकी छन्।

    पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन लहानमा प्रभावकारी ट्रमा सेवा आवश्यक रहेको उल्लेख गर्दै मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने बताइन्।

    अनुगमनका क्रममा मन्त्री मेहताले सगरमाथा चौधरी आँखा अस्पताल र महेन्द्र ज्ञानी प्रसूति गृहको समेत निरीक्षण गरेकी छन्। उनले ती स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जनशक्ति, पूर्वाधार, उपकरण तथा बिरामीले प्राप्त गरिरहेको सेवाको अवस्थाबारे जानकारी लिएकी थिइन्।

    मन्त्री मेहताले स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन आवश्यक सुधार तथा व्यवस्थापनका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।

    स्वास्थ्य संस्थाको नियमित अनुगमनमार्फत सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी आवश्यक सुधार गर्ने र नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्ने उनको भनाइ छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page