logo

शुक्रबार, कार्तिक २८ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक २८ शुक्रबार

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान


  • शुक्रबार, कार्तिक २८ २०८३
  • 35
    SHARES

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको सम्मेलनमा सहभागी हुन उनी साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    गृहमन्त्रीको सचिवालयका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास र अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल हुनेछ । सम्मेलनमा साइबर अपराध, डिजिटल ठगी, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, मानव बेचबिखन, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा र आधुनिक फरेन्सिक प्रविधिलगायत विषय समेटिएका छन् ।

    सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा निकायका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग, सूचना आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धिका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page