logo

शुक्रबार, कार्तिक २८ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक २८ शुक्रबार

छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा

छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा


  • शुक्रबार, कार्तिक २८ २०८३
  • 35
    SHARES

    काठमाडौं । छठ पर्वको अवसरमा सरकारले पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा दिइएको बिदासँगै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने जनाएको हो ।

    छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । सरकारको उक्त निर्णयसँगै शनिबारदेखि सोमबारसम्म लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page