logo

शनिबार, कार्तिक २९ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक २९ शनिबार

गागलफेदीको होमस्टेमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित ३७ जना पक्राउ

गागलफेदीको होमस्टेमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित ३७ जना पक्राउ


  • शुक्रबार, कार्तिक २८ २०८३
  • 77
    SHARES

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित एक होमस्टेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालकसहित ३७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीय कुमार लामाले सञ्चालन गरेको ‘कुशुम छ्याम्बा हाउस एन्ड होमस्टे’मा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

    जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बिहीबार साँझ करिब ५ बजे होमस्टेमा छापा मारेको थियो । प्रहरीले घटनास्थलबाट ५ लाख ७८ हजार ५ सय ५५ रुपैयाँ नगद र १६ वटा कौडा बरामद गरेको जनाएको छ ।

    पक्राउ परेका ३७ जनामध्ये होमस्टे सञ्चालक लामासहित ३० जना गागलफेदीकै स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका सबैमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page