logo

आइतबार, मंसिर ७ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ७ आइतबार

प्रधानमन्त्री शाह भारत प्रस्थान, दुई मन्त्रीसहित नेताहरूले गरे बिदाइ

प्रधानमन्त्री शाह भारत प्रस्थान, दुई मन्त्रीसहित नेताहरूले गरे बिदाइ


  • आइतबार, मंसिर ७ २०८३
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्।

    प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि उडेका हुन्। उनी यसअघि अमेरिका भ्रमणमा जाँदाकै शैलीमा विमानस्थल प्रवेश गरी सिधै विमान चढेका थिए।

    प्रधानमन्त्री शाहलाई ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए।

    प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भारत भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।

    प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

    प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page