logo

आइतबार, मंसिर ७ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ७ आइतबार

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, विमानस्थलमा भारतीय राज्यमन्त्रीले गरे स्वागत

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, विमानस्थलमा भारतीय राज्यमन्त्रीले गरे स्वागत


  • आइतबार, मंसिर ७ २०८३
  • 0.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।

    प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

    प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो।

    प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

    प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page