गोरखा । गोरखाको शहीद लखन गाउँपालिकामा सम्पन्न प्रथम सहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा सिंजाली माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ५ कास्य गरी कुल १७ पदक जित्दै सिंजालीले पहिलो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा शहीद स्मृति माध्यमिक विद्यालय ७ स्वर्ण, ७ रजत र ६ कास्य गरी कुल २० पदकसहित दोस्रो भएको छ । त्यस्तै, जलदेवी माध्यमिक विद्यालयले ४ स्वर्ण, १ रजत र ४ कास्य गरी ९ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । रामेश्वरी माध्यमिक विद्यालयले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी ११ पदक जित्दै सान्त्वना स्थान प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा जनशक्ति माध्यमिक विद्यालयले ३ स्वर्ण, ५ रजत र २ कास्य, मनकामना माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रजत र ४ कास्य तथा हिमालय माध्यमिक विद्यालयले १ स्वर्ण र २ रजत पदक प्राप्त गरेका छन् । यसैगरी भगवती हिमालय माध्यमिक विद्यालयले १ रजत र २ कास्य, महेन्द्र शक्ति माध्यमिक विद्यालयले १ रजत तथा सिद्धस्थानी माध्यमिक विद्यालयले १ कास्य पदक जितेका छन् ।
गाउँपालिका अध्यक्ष रमेश थापा मगरले प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र विकास गर्न तथा खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताए । उनले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विद्यालय, शिक्षक, प्रशिक्षक, विद्यार्थी, खेलप्रेमी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश पोखरेलले प्रतियोगिताको सफलताले गाउँपालिकामा विद्यालयस्तरको खेलकुद गतिविधि विस्तार गर्न थप प्रेरणा मिलेको बताए । उनले आगामी दिनमा विद्यार्थीको खेल प्रतिभा विकास र खेलकुद पूर्वाधार तथा अवसर विस्तारमा गाउँपालिकाले आवश्यक समन्वय र सहकार्य गर्ने धारणा राखे ।
प्रतियोगिता सफल बनाउन सहभागी विद्यालय, शिक्षक, प्रशिक्षक, खेलकुद पदाधिकारी, स्वयंसेवक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाले सहयोग गरेका थिए । गाउँपालिकाले प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने हिमालय माध्यमिक विद्यालय र भगवती हिमालय माध्यमिक विद्यालयसहित प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न