logo

मंगलबार, मंसिर ९ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ९ मंगलबार

भक्तपुरमा पहिलो पटक पिएफसी खुला महिला फुटसल प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने

भक्तपुरमा पहिलो पटक पिएफसी खुला महिला फुटसल प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने


  • मंगलबार, मंसिर ९ २०८३
  • 0.8K
    SHARES

    भक्तपुर, १९ कात्तिक। भक्तपुरमा पहिलो पटक खुला महिला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। पाण्डोबजार फ्रेन्डसिप क्लबको आयोजनामा ‘पिएफसी खुला महिला फुटसल प्रतियोगिता २०२६’ सञ्चालन हुन लागेको हो। ‘महिला फुटसलमार्फत सशक्तीकरण, नयाँ पुस्तालाई प्रेरणा’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले महिला खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद क्षेत्रमा महिलाको सहभागिता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

    प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडी तथा फेयर प्ले टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार प्रतियोगिता आगामी २०८३ साल मंसिर २६ गते शनिबार चाँगुनारायणस्थित ख्वप फुटसल एन्ड ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले पाँच हजार रुपैयाँ प्रवेश शुल्क बुझाएर नाम दर्ता गर्न सक्नेछन्। टिम दर्ताको अन्तिम मिति मंसिर २३ गते तोकिएको छ।

    महिला खेलाडीहरूलाई खेलकुद क्षेत्रमा थप अवसर प्रदान गर्ने, उनीहरूको प्रतिभा उजागर गर्ने तथा नयाँ पुस्तालाई फुटसलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा थप जानकारीका लागि ९८४९६७५४२८ र ९७१४१०५४१० नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ।

    भक्तपुरमा पहिलो पटक आयोजना हुन लागेको यस खुला महिला फुटसल प्रतियोगिताले स्थानीय महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लाको खेलकुद गतिविधिमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page