गोरखा: प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०८२/०८३ मा गण्डकी प्रदेशका प्रदेश जनस्वास्थ्य कार्यालयहरूमध्ये सर्वाधिक ७९.०९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। उक्त उपलब्धिको कदर गर्दै गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले कार्यालयलाई सम्मान गरेको छ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीका अवसरमा कार्यालयलाई सम्मानपत्र प्रदान गरिएको हो। गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपाने, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक खिमबहादुर खड्का र स्वास्थ्य मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौले प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख डा. सिमृन काफ्लेलाई सम्मानपत्र प्रदान गरेका थिए।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गण्डकी प्रदेशका प्रदेश जनस्वास्थ्य कार्यालयहरूमध्ये गोरखाले सबैभन्दा बढी वित्तीय प्रगति हासिल गरेको हो।
कार्यालय प्रमुख डा. काफ्लेले यो उपलब्धि कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय तह तथा स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सरोकारवालाहरूको मेहनत, लगनशीलता र सामूहिक सहकार्यको परिणाम भएको बताएकी छन्।
कार्यालयले यस उपलब्धिमा योगदान पुर्याउने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय तह तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न