
प्रख्यात कथावाचिका तथा आध्यात्मिक चेतनाकी प्रवर्तक राधिका दासीको प्रवचनमा अमेरिकाका विभिन्न शहरहरूमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।
गत हप्ता ओहायो राज्यमा ग्लोबल भक्तजन हार्मोनी अर्गनाइजेशन (GBHO) को आयोजनामा सम्पन्न विश्वशान्ति महायज्ञमा करिब ३० हजार श्रद्धालु सहभागी भएको आयोजकले जनाएका छन्। ओम सेन्टर र दिव्यधाम ओहायोमा सम्पन्न उक्त अनुष्ठानमा १०८ श्रीमद्भागवत पारायण, चतुर्वेद पाठ, पञ्चकुण्डीय हवन, कोटिवर्तिका प्रज्वलन, १०८ विष्णुसहस्रनाम जप, रुद्राभिषेक, शंखनाद, भजन–कीर्तन र संगीतमय प्रवचनजस्ता गतिविधिहरू समावेश थिए।
भक्तजनको उपस्थिति देखेर आफू नेपालमै रहेको अनुभूति भएको र ३० हजारभन्दा बढी सहभागी भएकोमा आश्चर्य लागेको राधिका दासीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन्।
ओहायोपछि राधिका दासीको प्रवचन मेरिल्याण्ड र भर्जिनियामा समेत सम्पन्न भएको छ। बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा सम्पन्न प्रवचन कार्यक्रममा सयौँ भक्तजन सहभागी भएका थिए। सहभागीहरूले कार्यक्रम छोटो भएको भन्दै थप समयको माग गरेका थिए।
यसैबीच, जुलाई २६ देखि २८ सम्म स्यानफ्रान्सिस्कोको रिचमण्डस्थित मुक्तिनाथ मन्दिर परिसरमा ‘शिव महिमा प्रवचन तथा सत्संग’ कार्यक्रम हुने भएको छ। मदरल्याण्ड नेपालको आयोजनामा हुने उक्त कार्यक्रममा कलश यात्रा, प्रवचन, सत्संग तथा भजन–कीर्तन हुने आयोजकले जानकारी दिएका छन्।
मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले श्रावण महिनाको अवसरमा हुने उक्त धार्मिक अनुष्ठानले बे एरिया तथा आसपासका नेपाली समुदायमा आध्यात्मिक चेतनाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
राधिका दासी हाल अमेरिका भ्रमणमा रहेकी छन्। अमेरिकी कार्यक्रमहरू सम्पन्न गरेपछि उनी बेलायतको लन्डनमा हुने धार्मिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनले जानकारी गराएकी छन्।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
धादिङका मानसिक बिरामी देवबहादुरलाई नेपाल युथ क्लबको २ लाख ३५ हजार सहयोग: सोम मगरको अभियानले पायो सार्थकता
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
मिस नेपालदेखि शोरूम इन्चार्जसम्म: सम्पदाको बहुआयामिक यात्रा