logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा


  • शनिबार, साउन ३ २०८२
  • 8.9K
    SHARES

    वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्।

    सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएको भन्ने वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका हुन्। ट्रम्पले वाल स्ट्रिटका प्रमुख रुपर्ट मर्डकविरुद्धमा मुद्दा दायर गरेका हुन्।

    ट्रम्पले मुद्दा दायर गरे लगत्तै अमेरिकी महान्यायाधिवक्ता पाम वियोज्न्डीले यौन अपराधकै लागि कुख्यात जियफ्री एप्सटनको फाइल खोल्न अदालतलाई भनेका छन्।

    चुनावी अभियानकै क्रममा राष्ट्रपति ट्रम्पले एप्सटनको फाइल खोल्ने घोषणा गरेका थिए। सोही घोषणाका कारण अहिले उनलाई रिपब्लिक समर्थकबाट त्यो मुद्दा फेरि उठाउनका लागि दबाब आएको हो। केही दिन अघि दबाब बढ्दै गएको भन्दै गुनासो गरेका थिए। यो निर्णय ट्रम्प प्रशासनले गरे पनि फाइल बाहिर आउन भने केही समय लाग्ने छ। एजेन्सी


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page